सिमकोट । बिहीबार रातिदेखि हिमाली जिल्ला हुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि हुम्लाको सदरमुकाम सिमिकोटसहितका दुई वटा गाउँपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको विद्युत् गृहको मुख्य क्यानलमा पाइप जडान गर्ने कार्य हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । मुख्य क्यालनमा रहेको अस्थायी पाइप हटाइ उक्त स्थानमा पाइप जडान गर्ने कार्य भइरहेकाले विद्युत् सेवा अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाका प्रमुख नारायणप्रसाद कर्णले बताउनुभयो ।
यही कात्तिक ९ देखि २२ गतेसम्म पुनः निर्माण कार्य हुने भएकाले १३ दिनसम्म यहाँ विद्युत् सेवा उपलब्ध नहुने प्रमुख कर्णले जानकारी दिए । हिउँदयाममा भारी हिमपात हुने तर विद्युत्का लागि आवश्यक पानी नपुग्नुका साथै पहिरो जाने भएको हुँदा हिमपात हुनु अगावै मर्मत गरिएको हो ।
विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा अन्धकार भएको हो भने दसैँ बिदा सकिए लगत्तै सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय खुला हुने भए पनि विद्युत् सेवा अवरुद्ध हुँदा काम गर्न असहज हुने भएको छ ।
यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब दुई हजार दुई सय बढी सेवाग्राही प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० कार्तिक २०८०, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा बाढीपहिरोले भेडी गोठका २६ बाख्रा पुरिए
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
हुम्लामा हिमपात
हुम्लामा चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत
सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण
हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गर्दै