काठमाडौँ । नेपाल मेडिकल व्यवसायी संघले बैदेशिक रोजगारको क्षेत्रमा हुने मेडिकलको मापदण्ड पटक पटक परिवर्तन हुँदा आफुहरु समस्यामा परेको जनाएको छ ।
शनिबार काठमाडौंमा चौथो बार्षिक साधारण सभाको आयोजना गर्दै संघले सरकार परिवर्तनपिच्छे मापदण्ड परिर्वनत हुँदा करोडौको घाटा भएको समेत जनाएको छ । स्वास्थ्य मन्त्रालयले मापदण्ड बनाउने र श्रम मन्त्रालयले अनुगमन गर्दा समस्या सिर्जना भएको संघले गुनासो छ । कार्यक्रममा संघका अध्यक्ष सीताराम रेग्मीले स्वास्थ्य क्षेत्रमा ज्ञान नै नभएको श्रम अधिकारी आएर अनुगमन गर्दा समस्या देखिएको तर्क गर्नुभयो । उहाँले सरकारले काम गर्ने वातावरण निर्माण गर्न नसकेको भन्दै मापदण्ड परिवर्तन गर्दा मात्र गुणस्तरिय स्वास्थ्य सेवाको सुनिश्चीत नहुने धारणा राख्नुभयो ।
उहाँले मलेसिया जाने कामदारका लागी बनाईएको मापदण्ड अहिले प्रयोगविहीन अवस्थामा रहेको भन्दै हचुवाका भरमा नभई अध्ययनपछि मापदण्ड बनाउन सुझाव पनि दिनुभयो ।
प्रतिक्रिया दिनुहोस