बिमस्टेकले दक्षिण एसिया र अरु राष्ट्रबीचको आर्थिक विकासमा सहयोग पुग्छ : परराष्ट्रमन्त्री ज्ञवाली

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०७५, १६ : १६
बिमस्टेकले दक्षिण एसिया र अरु राष्ट्रबीचको आर्थिक विकासमा सहयोग पुग्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिमेस्टेक सम्मेलनले दक्षिण एसिया र अरु राष्ट्रबीचको आर्थिक विकासमा सहयोग गर्ने बताउनु भएको छ । ललितपुरमा सेन्टर फर साउथ एसिया स्टडिजले गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले बिमेस्टेकले दक्षिण एसियाको समाजिक, आर्थिक र साँस्कृतिक क्षेत्रको विकास गर्न सहयोग गर्ने बताउनु भएको हो । यो सम्मेलनले वातावरण परिवर्तन, नयाँ प्रविधिको विकास ले विश्वलार्ई जोड्नका लागि सहयोग गर्ने बताउनुभयो । सम्मेलनले शिक्षा, स्वास्थ, विकासलाई सहयोग मिल्ने बताउनुभयो ।  

कार्यक्रममा बोल्दै पुर्वपरराष्ट्रमन्त्री डाक्टर प्रकाश सरण महतले सम्मेलनमा विविध भाषा, धर्म सस्कृति र रितिरिवाजले विविधताले भरिएको मुलुक भएकाले सबैले सिक्ने अवसर पाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै परराष्ट्रिविद रमेशनाथ पाण्डेले क्षेत्रिय संठनको गठन सुरक्षालाई ध्यान दिएर निर्माण गरिएको बताउनुभयो । राष्ट्रिय र अन्तराष्ट्रिय सम्मेलन हुनु राम्रो भएको बताउँदै अयोजक राष्ट्र भएको नाताले वर्तमान र दीर्घकालिन के कस्ता फाईदा लिने योजना हुनु पर्ने बताउनु भयो । संघाई ईन्सीच्युट अफ ईन्टरनेसनल स्टडिजका एसोसेट सुपरभाईजर उ योङनियासले चीन सरकार वन रोड वन बेल्डको निर्माण र दक्षिण एसियनको अर्थिक विकासका लागि निरन्तर सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा विमेस्टेक सम्मेलनको अयोजक राष्ट्र भएका नाताले यसलाई सही रुपमा प्रयोग गरि राष्ट्रको समृद्धि र विकासका लागि सदुपयोग गर्नु पर्ने सहभागीहरुको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस