पोखरा । पोखरा स्थित पश्चिमाञ्चल क्षत्रीय अस्पतालभित्र निर्माण भएको प्रसुती भवनको उद्घाटन भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भवन उद्घाटन गरेका हुन् । २ सय शैय्याको उक्त भवन २७ करोड लागतमा निर्माण भएको हो ।
भवन उद्घाटन गर्दै बस्नेतले देशमा भ्रष्टाचारको जालो अत्यधिक बढेको बताए । 'जसले सबैभन्दा बढी भ्रष्टाचार गर्छ, उसैले बढी भ्रष्टाचार विरोधी कुरा गर्छ । जो सबभन्दा बढी कुशासक छ, उसैले बढी सुशासनको कुरा गर्छ,' उनले भने, 'अहिले यो र उ नभनिकन सबै मुलुकलाई सुधार्न लागौं ।'
उनले स्वास्थ्य क्षेत्रमा कार्यरतहरुले कम्तिमा रक्सी चुरोट सेवान गर्न नहुने बताए । 'सुर्तीजन्य पदार्थको कारण हजारौंको ज्यान जान्छ । हामी सुर्ती खान्छौं, अरुलाई नखाउनुस भन्छौं । स्वास्थ्यका धेरे विद्यार्थीको ज्यान सुर्तीजन्य पदार्थ र रक्सी सेवनबाट भएको छ,' उनले भने, 'अरुलाई सुधार्न पहिला आफु सुध्रिनुपर्छ । स्वास्थ्यकर्मीहरुले कम्तिमा दिनको एक घण्टा आफ्ना लागि छुट्याउनुस् । ब्यायम गरेर स्वस्थ हुनुस् ।'
बस्नेतले गण्डकी अस्पतालमा उपकरण विस्तार र स्तरिय सेवा दिन संघ सँधै जिम्मेवार भएर लाग्ने बताए । उनले पहिला अस्पताल राम्रोसँग चलाउन सके मात्र प्रतिष्ठान राम्रो हुने भन्दै सेवामा ध्यान दिन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीस करोड लागतमा अस्पताल भवन निर्माण
बजेट अभावले बैजपुरको अस्पताल सञ्चालनमा ढिलाइ
सिरहाको लहानमा सुविधासम्पन्न अस्पताल बनाइने
मुख्यमन्त्री सिंहद्वारा १० अस्पताल बन्द गर्न निर्देशन
शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना
अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा हुने