काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालले जनताबाट अलग भएर रूपान्तरणका काम गर्न नसकिने बताएकी छन्। सो पार्टीको ललितपुर महानगर कमिटीले विजया दशमी, नेपाल संवत्, शुभ दीपावली तथा छठ पर्वका अवसरमा आज आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले समाज विकासको क्रमसँगै मानिसमा विकास भएको चेतनाका आधारमा विभिन्न सांस्कृतिक परम्परा सिर्जना भएको बताइन्।
उनले समाजको अगुवामा समयसापेक्ष रूपमा जनताको चाहानाअनुसार नेतृत्व गर्ने चिन्तन, व्यवहार र रूपान्तरण आवश्यक रहेकामा जोड दिइन्।उनले नियमित रूपमा समितिका बैठक बसेर समस्याको पहिचान गर्दै इतिहासको विरासतलाई वर्तमानसँग जोडेर भविष्यको निर्माण गर्ने गरी नयाँ पार्टी निर्माण गर्न निरन्तरता र गुणात्मकता कायम गर्ने गरी रूपान्तरणको अभियानमा लाग्न आग्रह गरिन्।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले विजया दशमी, नेपाल संवत्, शुभ दीपावली तथा छठ पर्व एउटा जात वा वर्ग विशेषको मात्रै चाड नभएको धारणा राखे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड
जनता नक्कली मधेसवादी दलको भूलभुलैयामा परे : प्रचण्ड
माओवादी ‘जनयुद्ध’ कै कारणले अहिलेको परिवर्तन र उपलब्धि भएको हो : नारायणकाजी श्रेष्ठ
सरकारले संसद्लाई अपहेलना गर्यो, जनताको आवाज सुन्न चाहेन : हितराज पाण्डे