सुर्खेत वीरेन्द्रनगर- ६, बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोेरी प्रतिज्ञालाई जन्म दिइन ।
परिवारले जन्म दर्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैँक खाता खोलिदियो ।
परिवारले अन्नप्राशनमा जम्माा भएको ७ हजार रुपैयाँ पनि खातामै जम्मागरिदिए ।
नगरपालिकाले खाता खोलिदिएपछि छोराका लागि बचत गर्ने प्रेरणा मिल्यो, आमा सुशीलाले भनिन्, छोरी विद्यालय जाँदासम्म ५० हजार रकम जम्मा गरिदिने लक्ष्य छ ।
प्रतिज्ञाको मात्र होइन, वीरेन्द्रनगरभित्र जन्मिएका एक सय ५६ बालिकाको नाममा गत आर्थिक बर्षमा खाता खोलिएको नगरपालिकाले जनाएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०८ भदौ २०७५, ०८ : ५३
लेखकबाट थप