काठमाडौं। आज देखी काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्रि बितरण सुरु भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज देखि बडा दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गरेको हो ।
मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्रि बितरण सुरु गर्न लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट खसी, बोका र च्याङ्ग्रा बिक्री गरिनेछ।
कम्पनीका अनुसार अहिलेसम्म दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने गरी थापाथलीमा ल्याएको छ ।
खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष सरकारले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, ०९ : २५
लेखकबाट थप