काठमाडौँ । राजदूतले मगाएको औषधी लिएर जाँदा कोरिया प्रहरीको अनुसन्धानको घेरामा परेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले सफाई पाएका छन्।
सफाई पाएपछि उनी नेपाल फर्किने तयारीमा छन्।गत अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले अनुसन्धान गरेको थियो।
स्रोतका अनुसार दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए। राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या छ।पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी उनले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन।
इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधीको प्रेस्क्रिप्सन नभएपछि कोरियन अधिकारीहरूले रोकेका थिए। राजदूतले मगाएको औषधी बोकेका दीपशिखा कोरियाली अध्यागमनमा रोकिएपछि दूतावासले उनलाई छुटाउन पहल गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असोज २०८०, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने माओवादी केन्द्रको तयारी
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड
माओवादी केन्द्रीय समिति बैठकमा करिब २५ लाख खर्च हुने अनुमान
प्रचण्डले बोलाए पदाधिकारी बैठक
नेपालले क्षेत्रीय ऊर्जा साझेदारीलाई सुदृढ बनाइरहेको छ : माधव सापकोटा
स्थानीय उपनिर्वाचन अघि माओवादी केन्द्रीय समिति बैठक नबस्ने