काठमाडौं। मस्को–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यो वर्ष सकिनुअगावै शिखर वार्ता हुनसक्ने रुसका लागि भारतीय राजदूतले बताएका छन् ।‘यस बारेमा छलफल भइरहेको छ, उच्चस्तरमा छलफलहरू जारी छन्, ‘राजदूत पवन कपुरको भनाइ उद्धृत गर्दै आरआईए नोभोस्ती समाचार समितिले जनाएको छ ।
यद्यपि भारतीय कूटनीतिज्ञले थप विवरण केही उल्लेख नगरेको पनि आरआइए नोभोस्तले बताएको छ ।गत साता एक कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले भारतलाई ‘शक्तिशाली मुलुक’ को संज्ञा दिएका थिए । प्रधानमन्त्री मोदीको नेतृत्वमा भारत लगातार बलियो बन्दै गएको पनि उनले बताएका थिए ।
‘एक अर्ब ५० करोडभन्दा बढी जनसङ्ख्या भएको र सात प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको भारत एउटा शक्तिशाली मुलुक हो, साथै यो प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको छ,’ आरटी न्युजले साझा गरेको भिडियोमा पुटिनले भनेका छन् ।
गत सेप्टेम्बर ९–१० मा नयाँ दिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन सहभागी भएका थिएनन् । यसर्थ उनी र भारतीय प्रधानमन्त्री मोदीबीच वार्ता हुन पाएन । उक्त सम्मेलनमा विदेशमन्त्री सर्गेई लाभरोभले रुसी प्रतिनिधित्व गरेका थिए ।
पछिल्लो पटक सन् २०२२ सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा भएको साङ्घाई सहयोग सङ्गठनको २२औँ बैठकका क्रममा मोदी र पुटिनबीच भेट भएको थियो । सो क्रममा प्रधानमन्त्री मोदीले “मलाई थाहा छ आजको युग युद्धको होइन” भन्दै युक्रेनसँगको रुसको जारी द्वन्द्व अन्त्य गर्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असोज २०८०, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश
अमेरिकामा प्यालेस्टिनी राष्ट्रपति र मोदीबिच भेटवार्ता
ओली र मोदीबीच आज साँझ ‘साइडलाइन’ वार्ता
नवनियुक्त प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाइ
तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक वाराणसी जाँदै मोदी
मोदीको शपथमा विपक्षी गठबन्धनका नेता नआउने