काठमाडौं । चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन्।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कबड्डी र करातेमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका हुन्। बुधबार पदक विजेता खेलाडीको सम्मानमा बोल्दै उनले आफूले बिदाइ गर्दा महिला सहभागिताको लागि बधाई दिएको भन्दै अहिले महिलाले नै मेडल र रेकर्ड बनाएको बताए।
प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले घोषणा गरेको रकम दिने बताए। उनले भने, 'खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए। नियमावली पास गरेका थियौँ, आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ।'
यस्तै प्रधानमन्त्री प्रचण्डले आगामी बजेटमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असोज २०८०, २१ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगायो
१० प्रतिशत कर लगाउने ट्रम्पको आदेशविरुद्ध चीनले प्रतिवाद गर्ने
चीनमा भूकम्प अपडेट : कम्तीमा ५३ जनाको मृत्यु, ६२ जना घाइते
चीनको तरकारी बजारमा आगलागी, ८ जनाको मृत्यु
चीनमा एचएमपीभी भाइरसको सङक्रमण फैलियो
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता