जिल्ला शिक्षा होइन शिक्षा कार्यालय प्रस्ताव गरेका हौं : ​शिक्षामन्त्री राई

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०८०, १६ : २५
जिल्ला शिक्षा होइन शिक्षा कार्यालय प्रस्ताव गरेका हौं : ​शिक्षामन्त्री राई

काठमाडौँ। ​शिक्षामन्त्री अशोककुमार राईले शिक्षा कार्यालय ब्युँताइएको भन्दै केही अधिकार प्रयोग गर्ने गरी शिक्षा कार्यालय मात्रै विधेयकमा प्रस्ताव गरिएको बताएका छन् ।शिक्षा विधेयक, २०८० माथि भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले शिक्षा कार्यालय भन्दा प्रतिगमन भयो भन्ने प्रश्नमा उचित नभएको बताए ।

 

‘शिक्षा कार्यालय भन्दा प्रतिगमन भयो भन्ने कुरा पनि उठे तर हामीले जिल्ला शिक्षा कार्यालय नभनेर शिक्षा कार्यालय भनेका छौं’, राईले भने, ‘यस अघिको जिल्ला समन्वय इकाइले पाएका सबै अधिकार प्रयोग नगर्ने गरी विद्यालय गाभ्नुपर्ने भए प्रदेशबाट परिचालित गर्ने गरी शिक्षा कार्यालय ब्युँताइएकाे हो । पहिलेको जस्तो जिशिअ होइन ।’

संघलाई तीन वटा इकाइमा बाँडेका भन्दै उनले माध्यमिक तह स्थानीय तहलाई र स्थानीय तहबाट सम्भव नहुने विषयलाई प्रदेश तहमा राखिएको बताए । प्रदेशलाई दिइएको विषयमा  दफावार छलफलका क्रममा कतिपय विषय मिलाउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस