काठमाडौँ । नेपाली कांग्रेसको युवा सङ्गठन नेपाल तरुण दलका केन्द्रीय सदस्यले शपथ लिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार तरुण दलका केन्द्रीय सदस्यले शपथ लिएका हुन् ।
तरुण दल अध्यक्ष विद्धान गुरुङले सदस्यहरुलाई शपथ गराएका थिए । कांग्रेस सभापति शेबहादुर देउवाले असार १३ मा ४ सय जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।केन्द्रीय कार्यसमिति विस्तारको तीन महिनापछि केन्द्रीय सदस्यले शपथ लिएका छन् । शनिबार तरुण दलका अध्यक्ष गुरुङले देउवा निवास धुम्बाराहीमा शपथ लिएका थिए ।
देउवाले २०७८ चैत ९ मा तरुण दलको अध्यक्षमा गुरुङलाई नियुक्त गरेका थिए । ६ महिनाभित्र महाधिवेशन गराउने गरी जिम्मेवारी पाएका गुरुङले २० महिनापछि शपथ लिन लागेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीविरूद्ध तरुण दलको प्रदर्शन
गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलले गर्यो प्रदर्शन
तरुण दलको तदर्थ समितिमा चार सय सदस्य थप
देउवाले तरुण दलको तदर्थ समितिमा थपे ४०० सदस्य