काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहले गरेको आक्रमणका क्रममा १२ जना नेपाली सम्पर्कविहीन रहेको जानकारी दिएका छन् ।
इजरायलको युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीबारे जानकारी दिँदै उनले आक्रमणमा परी ३ जना घाइते भएको, त्यही क्षेत्रमा रहेका २ जना सकुशल रहेको र बाँकी १२ जना सम्पर्कमा नरहेको जानकारी दिएका हुन् ।
‘इजरायलमा ४५ सय नेपाली केयर गिभरमा, अध्ययनका लागि २६५ जना गएकामध्ये मध्ये कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना अध्ययानका लागि गएका छन्’ परराष्ट्रमन्त्रीले भने, ‘यिनै ४९ जनामध्ये यी मध्ये १७ जना नेपाली दक्षिणा किवुजमा अध्ययन गरिरहेका थिए । जसमा दुई जना सकुशल, दुई तीन जना घाइते भएका छन् ।
जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । १२ जना सम्पर्कमा रहनुभएको छैन । उहाँहरू हताहत भएको हुन सक्ने तर यकिन नभएकोले संयन्त्र परिचालन गरिएको छ ।’सम्पर्कमा नरहेकामध्ये केहीको हताहती भएको हुनसक्ने आशंका पनि उनले व्यक्त गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा समन्वय संयन्त्र स्थापना गरिएको मन्त्री साउदले संसद्मा जानकारी गराए ।
स्थापित संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायतका कामहरू गर्नेछ ।
हेर्नुहोस्, विज्ञप्ति :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमा एक वर्ष सन्तोषजनक रह्यो : एनपी साउद
छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालियो : परराष्ट्रमन्त्री साउद
जयशंकर र साउदद्वारा संयुक्त रूपमा त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन
भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबिच भेटवार्ता
सुदूरपश्चिम विकासका लागि चाहिने आधारभूत तत्त्वहरू बढी भएको प्रदेश हो : एनपी साउद
परराष्ट्रमन्त्री साउदले विपिनका आमाबुवासँग भने – छोराको रिहाइका लागि प्रयासरत छौं