संखुवासभाका दश घर पहिरोको उच्च जोखिममा

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०७५, १६ : ४०
संखुवासभाका दश घर पहिरोको उच्च जोखिममा

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहाको च्यानडाँडामा रहेका १० घर पहिरोको उच्च जोखिममा परेका छन् । जोगबनी–किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको कोशील्हासा राजमार्गका कारण गएको पहिरोले ती घरहरु पहिरोको उच्च जोखिमा परेको हो । पहिरोले स्थानीय टिकाराम श्रेष्ठ, अर्जुन श्रेष्ठ, गीता श्रेष्ठ, मोहन गुरुङ, रबिन्द्र गुरुङ, चन्द्रबहादुर गुरुङ, कुमार श्रेष्ठ, मनिराज गुरुङ, गौरीमान गुरुङ र दोर्ची भोटेको घर जोखिममा परेको छ ।

तीमध्ये ५ वटा घर सबैभन्दा जोखिमा रहेका छन् । ती घररहेको भन्दा तलबाट सडक निर्माण भएकाले वर्षाको पानीसँगै जमिन चर्किएर पहिरो झर्न जान थालेको स्थानीयको भनाइ छ । पहिरोबारे सम्बन्धित नगरपालिकालाई जानकारी गराए पनि बेवास्ता गरेको स्थानीय गीता श्रेष्ठ गुनासो गर्नुभयो ।
भिरालो भूभाग रहेको त्यस क्षेत्रमा घरमुनिबाट सडक खनेको र भित्तातरि वाल समेत नलगाउँदा पहिरो गएको स्थानीयको दावी छ । पहिरो गएमा सडक माथि र तल दुवै तिर रहेका घरमा असर पर्ने स्थानीय मोहन गुरुङको भनाइ छ ।
वडा नम्बर ४ का वडाध्यक्ष जितबहादुर गुरुङले पहिरो रोकथाम गर्न नगरपालिका र विपद व्यवस्थापन समितिमा जानकारी गराइसकिएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस