महालक्ष्मी विकास बैंक बानेश्वर शाखाकोे समुद्घाटन

सफल खबर संवाददाता

बुधबार, ०६ भदौ २०७५, १६ : १८
महालक्ष्मी विकास बैंक  बानेश्वर शाखाकोे समुद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा बुधबार काठमाडौं महानगरपालिका १०, मध्यबानेश्वर स्थित बानेश्वर शाखाकोे समुद्घाटन गरेको छ । उक्त शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले दीप प्रज्वलनका साथ गर्नुभएको थियो । सोही अवसरमा बैंकका सञ्चालन समितिका अध्यक्ष राजेश उपाध्याय तथा सञ्चालक राजेश कुमार रौनियारको पनि उपस्थिति रहेको थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो । साथै उहाँले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गर्नुभयो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिमिटेडकोे ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढी रहेको छ । महालक्ष्मी विकास बैंक लिमिटेडको चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. २७ अर्ब निक्षेप संकलन गरी रु. २१ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस