काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले आणविक ऊर्जाबाट चल्ने क्रुज मिसाइलको अन्तिम परीक्षणमा सफलता प्राप्त गरेको दाबी गरेका छन ।
यस हतियारले संसारको जुनसुकै स्थानमा आक्रमण गर्न सक्ने बताइएको छ । वैज्ञानीकहरुले दिएको हालसम्मको जानकारी अनुसार आणविक उर्जाबाट चल्ने क्रुज मिसाइल परमाणु शक्तिबाट सञ्चालन हुन्छ ।
राष्ट्रपति पुटिनले गरेको यो दाबी स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । क्रुज मिसाइल कम उचाइमा उड्ने, आणविक हतियार बोक्न सक्ने र असीमित मारक क्षमता भएको क्षेप्यास्त्र भएको पुटिनको दाबी रहेको छ ।
रुसी रक्षा मन्त्रालयले भने अहिलेसम्म यस सम्बन्धमा जानाकारी गराएको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० असोज २०८०, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसमा युक्रेनको ड्रोन आक्रमण
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु
युक्रेनको क्रुस्क क्षेत्रमा थप १२ गाउँ कब्जा गरेको रुसको दाबी
रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु
रुस र अमेरिकी कुटनीतिज्ञबिच इस्तानबुलमा भेटवार्ता