इमरान खानले प्रधानमन्त्री निवास छाडे, महंगा कार पनि लिलाम गर्ने

एजेन्सी

बुधबार, ०६ भदौ २०७५, १३ : ५५
इमरान खानले प्रधानमन्त्री निवास छाडे, महंगा कार पनि लिलाम गर्ने

पाकिस्तान । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडे, महंगा कार पनि लिलाम गर्ने पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेर सामान्य घरमा बस्न थालेका छन् । प्रधानमन्त्री निवासमा बस्दा सरकारी खर्च धेरै हुने भएकाले उनी सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् ।
सरकारी खर्च कम गर्ने पूर्व योजनाअनुसार प्रधानमन्त्री निवास छाडेका खानले सैन्य सुरक्षाका साथै दुई कामदार मात्र लगेका छन् । प्रधानमन्त्री निवासमा ५२४ कर्मचारी रहेकोमा उनले दुई जना मात्र लगेका हुन् ।

त्यसो त प्रधानमन्त्री खान बानागालास्थित आफ्नै घरमा बस्ने मनस्थितिमा थिए । तर, त्यहाँ सुरक्षा खतरा रहेको कुरा उठेपछि उनी सैन्य सुरक्षा भएको घरमा बस्न थालेका हुन् ।

खानले प्रधानमन्त्रीका लागि ३३ वटा बुलेटप्रफ कार रहेकोमा २ वटा मात्र प्रयोग गर्ने भएका छन् । उनले अन्य कार लिलामी गर्ने र यसबाट आएको रकम राज्यकोषमा जम्मा गर्ने येजना अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस