काठमाडौं । विगत पाँच महिनादेखि न्यायालय नेतृत्वविहीन अवस्थामा छ । जस कारण सर्वोच्चमा नीतिगत निर्णयदेखि संवैधानिक इजलाससमेत प्रभावित बनेको छ । आजको नेपाल समाचारपत्रले यो समाचार छापेको छ ।
हाल सर्वोच्चमा १९ जना न्यायाधीशले न्याय सम्पादन गरिरहेका छन् । जसमध्ये वरिष्ठ न्यायाधीश कायममुकायमको हैसियतमा दीपकराज जोशी बिदामा छन् । यस्तै सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्रले कायममुकायमको हैसियतमा सर्वोच्चको नेतृत्व गरिरहेका छन् ।
सर्वोच्चमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० जना न्यायाधीश रहने व्यवस्था छ । तर, हाल सर्वोच्चमा प्रधानन्यायाधीश सहित १९ जना न्यायाधीश कार्यरत छन् ।
वकिलहरुको छाता संगठन नेपाल बार यसोसिएसनले न्यायालयमा राजनीतीकरण भएको जनाएको छ । बारका महासचिब खम्मबहादुर खाती न्यायालय क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य नहुँदासम्म समस्या समाधान हुन नसक्ने बताउँछन् ।
उनले भने, न्यायिक क्षेत्रमा राजनीतीकरण बढ्दै गए संसद्, न्यायालय क्षेत्रबीच युद्ध हुन सक्छ । न्यायालयलाई सुधार गर्न हस्तक्षेपभन्दा पनि समन्वयात्मक भूमिका अपरिहार्य हुने उनको तर्क छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०६ भदौ २०७५, ०७ : ३५
लेखकबाट थप