रत्ननगरले बनायो पहिलो पटक बसपार्क

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०७५, २० : २२
रत्ननगरले बनायो पहिलो पटक बसपार्क

चितवन । रत्ननगर नगरपालिकाले बसपार्क निर्माण गरी सञ्चालनमा ल्याएको छ । सौराहाचोक र टाँडीचोकको बीचमा रहेको पुलबाट उत्तरतर्फको सार्वजनिक जग्गामा नगरपालिकाले बसपार्क निर्माण गरेको हो ।
बसपार्कको एक समारोहका बीच प्रदेश नं ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशब स्थापितले उद्घाटन गरेका थिए । स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले बसपार्क निर्माण गरेको हो । अव्यवस्थित पार्किङका कारण टाँडी बजार अस्तव्यवस्थ बनेपछि नगरपालिकाले बसपार्क निर्माण गरेको मेयर नारायण वनले बताए ।

टाँडीचोक,सौराहाचोक र बकुलहर चोकबाट ग्रामिण क्षेत्र चल्ने बस,टेम्पो,अटो र म्याजिक पार्किङ गरिने छ । नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गरी बसपार्क निर्माण गरिएको हो । व्यवसायीले अतिक्रमण गरेर प्रयोग गरिरहेको जग्गा फिर्ता गरेर सात कठ्ठामा बसपार्क निर्माण गरिएको मेयर नारायण वनले बताए । कार्यक्रममा बसपार्क निर्माणमा सहयोग गर्ने ६ जनालाई नगरपालिकाले सम्मान गरेको छ ।
स्थानीय गौप्रसाद श्रेष्ठ,चन्द्रिका महत केसी,लक्ष्मी खड्की,शान्ति शाही,राजेश शाही र शैलु केसीलाई सम्मान गरिएको नगरपालिकाकी प्रबक्ता सरस्वती लामाले जानकारी दिइन । उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रममा प्रदेश सभा साँसद कन्चन खनाल,रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,वडा नं २ का वडा अध्यक्ष तिलकराज शर्मा,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी,नेपाल माविका प्रधानाध्यापक गोपाल शर्मा आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम मेयर वनको अध्यक्षतामा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस