रामचन्द्र पौडेललाई लोकतन्त्र समाप्त हुने चिन्ता

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०७५, १९ : १६
रामचन्द्र पौडेललाई लोकतन्त्र समाप्त हुने चिन्ता

काठमाडौं  ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गरिव जनताको जीवनमाथि खेलबाड गरिरहेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले भ्रष्टाचारलाई संस्थागत गरेर लोकतन्त्र समाप्त पार्न लागि परेको आरोप समेत लगाए ।

वरिष्ठ नेता पौडेलले विमान खरिदमा ठूलो कमिशनको चलखेल गरिएको भन्दै सरकारको चर्काे आलोचना समेत गरे । उनले भने, ‘विमान खरिदमा ठूलो धनराशी घोटाला गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले अर्काे चुनावमा सत्ता कब्जा गर्ने षडयन्त्र गरिरहेको छ ।  काँग्रेस नेता पौडेलले सरकारलाई जथाभावी चल्न नदिन पार्टी भित्रको एकता बलियो हुनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रतिक्रिया दिनुहोस