अनुगमनको बिरोधमा कालिमाटी तरकारी बजार बन्द

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०७५, १७ : ३८
अनुगमनको बिरोधमा कालिमाटी तरकारी बजार बन्द

काठमाडौँ । अनुगमनको बिरोधमा व्यवसायीले मंगलबार कालिमाटी तरकारी बजार बन्द गराएका छन् । दैनिक करिब ७ सय टन तरकारी भित्रिने कालिमाटी बजारमा मंगलबार बन्दका कारण करिब एक सय टन मात्रै तरकारी भित्रिएको थियो ।
सोमबार अनुगमनका क्रममा अवरोध गरेको भन्दै प्रहरीले कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको विरोधमा व्यापारीहरुले किसानहरुबाट तरकारी नै खरिद नगरेका हुन् । कालिमाटी बजार बन्द हुँदा जनताहरुलाई भने सास्ती भएको छ । अनुगमनमा गएको टोलीले आफूहरुलाई व्यापारीहरुले थुनेको भनेर हल्ला फैलाएको भए पनि त्यो यथार्थ नभएको कालीमाटीका व्यापारीहरुको भनाई छ  ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले अनुगमन टोलीले कब्जामा लिएको २ गाडी सामान फिर्ता गर्न र पक्राउ गरिएका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गरेको छ । बजारभित्रको थोक पसल बन्द भए पनि बाहिरपट्टीको रहेको खुद्रा बजार भने खुलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस