प्रतिनिधिसभा शुन्य समय : शान्ति सुरक्षाको उचित व्यवस्था गर्न सांसदहरुको माग

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०७५, १७ : २९
प्रतिनिधिसभा शुन्य समय : शान्ति सुरक्षाको उचित व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले शान्ति, सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन । प्रतिनिधिसभाका सांसद दिव्यमणि राजभण्डारीले पूर्व राजदुत केशवराज झाको सोमबार बिहान हत्या भएको प्रसंग उल्लेख गर्र्दै शान्ति, सुरक्षाको उचित व्यवस्था गर्न सरकारसग माग गर्नु भएको हो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै उहाँले मुलुकमा हत्या, बलात्कार जस्ता घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्र्दै नागरिकको सुरक्षाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नु भयो ।
सांसद तेजुलाल चौधरीले सप्तरी जिल्लामा नदी कटानबाट सयौं बिगाहा जमिन र लाखौंको धानबाली नष्ट हुँदा पनि सरकारले चासो नदिएकोमा असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले नदी कटान नियन्त्रण गर्न र सो काममा भ्रष्टाचार हुन नदिन अनुगमनको काममा कडाई गर्न पनि सरकारसँग माग गर्नु भयो । उहाँले हत्या, हिंसालगायतका घटना हुन नदिन गृह मन्त्रालयलाई कार्ययोजना संसदमा पेश गर्न पनि सचेत गराउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस