काठमाडौ। कुमारी बैंकले ५ अर्ब रुपैयाँको ५० लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बोर्डले प्रति इकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रमध्ये २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
कुमारी बैंकले १० वर्ष अवधि भएको ‘केबीएलएम डिबेन्चर २०९०’ बिक्री गर्न लागेको हो । यसमा वार्षिक १०% ब्याज प्रदान हुनेछ । यस ऋणपत्रमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ असोज २०८०, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुमारी बैंकको नयाँ वर्ष अफर : भाग्यशाली १ जनालाई आईफोन–१५ उपहार
कुमारी बैंकको मोबाइल बैंकिङ्क एपबाटै कर्जा लिन सकिने
कुमारी बैंकको सेयर बिक्रीमा
कुमारी बैंकको ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा