डा. केसीको माग कार्यान्वयनको चरणमा, पाँच मेडिकल कलेजको सम्भाव्यता अध्ययन शुरु

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०७५, १३ : ३५
डा. केसीको माग कार्यान्वयनको चरणमा, पाँच मेडिकल कलेजको सम्भाव्यता अध्ययन शुरु

फाईल फोटो

काठमाडौं : सरकारले पाँच जिल्लामा मेडिकल कलेज खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

प्रध्यापक डा. गोविन्द केसी र सरकारबीच भएको सम्झौता अनुसार उपत्यकाबाहिर मेडिकल स्थापना गर्ने विषयमा पहिलो चरणको कामका लागि गठित समितिले आफ्नो कामलाई तीब्रता दिएको छ ।

सरकार र डा. केसीबीच  पाँचथर, इलाम, डडेल्धुरा, डोटी र उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्बन्धमा यसअगाडि नक्साङ्कन भएका ठाँउहरूको सम्भाव्यता अध्ययन एक महिनाभित्र प्रारम्भ गर्ने भन्ने सहमति भएको थियो ।

पाँच जिल्लाहरूमा मेडिकल कलेज स्थापना गर्नका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीको संयोजकत्वमा छ सदस्यीय समिति गठन भएको छ ।

समितिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा. शैलेशमणि पोखरेल, शिक्षा मन्त्रालयका डा. हरि लम्साल र सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरका उपप्राध्यपक डा. शंकर भट्ट  रहेका छन् । 

यस्तै सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका स्नातक तहका विद्यार्थी भर्ना गर्ने सम्बन्धमा अध्ययन गर्न पनि कार्यदल गठन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस