प्रकाण्डलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, २० : ३७
प्रकाण्डलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सरकारको नाममा आदेश गरेको छ । 
वीरेन्द्र विश्वकर्माले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै आइतवार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले प्रकाण्डलाई सशरीर अदालतमा उपस्थित गराउन आदेश दिएको हो । 
सर्वोच्चको आदेशानुसार रिहा भएका प्रकाण्डलाई प्रहरीले सोही दिन अदालत बाहिरबाट पक्राउ गरेको थियो । प्रहरीले उनीमाथि काभ्रेको क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा मुद्दा चलाएको छ । 

प्रतिक्रिया दिनुहोस