राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्ध लड्छु : मन्त्री गुरुङ

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०८०, २० : ०२
राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्ध लड्छु : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका विरुद्धमा लड्ने बताएका छन ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन। उनले कलाकारकै कारण आफूले चुनाव जितेर आएको पनि बताए। मन्त्री गुरुङले गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रुपमा उभिएको भन्दै कलाकारको सद्भाव र माया आफूमाथि धेरै रहेको बताए ।

मन्त्री गुरुङले धनराज राम्रो छ भनिदिएकै भरमा आफूले चुनाव जितेको दाबी गरे ।