भदौ ५ र ६ गते सुनचाँदी पसलहरु बन्द

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, २० : ३२
भदौ ५ र ६ गते सुनचाँदी पसलहरु बन्द

चितवन । सुनचाँदी व्यवसायी संघ चितवनले भदौ ५ र ६ गते चितवन जिल्लाका सबै सुनचाँदी पसलहरु बन्द गर्ने घोषणा गरेका छन् । संघले माग बमोजिम सुन नपाएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको संघका अध्यक्ष जीवनज्योति सदाशंकरले बताए । भदौ ६ गते नेपाल राष्ट बैंकले सुनमा लगाएका सिण्डिकेट खारेज गर भनी विरोध ¥याली निकालिने संघले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस