काठमाडौं । सभामुख देवराज घिमिरेले सूचनाको सही सदुपयोग गर्नुपर्ने बताएका छन । बिहीवार काठमाडौंमा आयोजित सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले संविधानले व्यवस्था गरेको कुरा कार्यान्वयनमा ल्याउन अझै धेरै बाँकी रहेको बताए । उनले कानूनमा प्रवन्ध भएका कुराहरुको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरु देखिरहेको भन्दै सूचनाको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । उनले कानूनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा ध्यान आकृष्ट गराउनुपर्ने आवश्यकता रहेको बताए । उनले सञ्चारमाध्यमले गलत परिपाटी र व्यवहारको आलोचना गर्ने, सत्य कुरालाई स्थापित गर्नका लागि जनतालाई सचेत गर्ने कुरामा भुमिका खेल्नुपर्ने बताए ।
उनले भने, ‘संविधानले व्यवस्था गरेको कुरा कानून प्रवन्ध गर्ने कुराहरु थुप्रै बाँकी छन् । कानूनमा प्रवन्ध भएका कुराहरुको सदुपयोग नभएर दुरुपयोग भएका घटनाहरु पनि केही देखिएका छन् । चर्चा परिचर्चामा यो सूचनाको हकलाई असर पार्ने ढंगबाट यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने प्रचारबाजी भएका छन् । यी सबै पक्षलाई हेरेर अब कानूनमा रहेका कमी, कमजोरीलाई पूरा गर्ने कुरामा खासगरी विधायकहरुले खेल्नुपर्ने भुमिका संघीय संसदमार्फत कसरी खेल्नुपर्छ रु आइरहेका अहिलेसम्मका हाम्रा विधेयकहरुमा सूचना सम्बन्धीका हकलाई व्यवस्थित गर्ने र कमीहरुलाई सच्याउन ध्यान आकृष्ट गर्ने, तिनीहरुलाई कार्यान्वयन गर्नका लागि बाध्य बनाउने काम यस्ता फोरमहरुले गर्न सक्छन् । विगतको प्रतिवन्धलाई तोडेर पनि सूचना प्रवाह गर्ने कुरामा अथवा मिडियाको क्षेत्रबाट हामीले हिजोको गलत परिपाटी प्रणाली पद्धति र व्यवहारको आलोचना गर्ने, सत्य कुरालाई स्थापित गर्नका लागि जनतालाई सचेत गर्ने संगठित र आवश्यकताअनुसार यस्ता कुरामा उल्लेखनीय ऐतिहासिक भुमिका निर्वाह गरेको मैले ठानेको छु । प्रजातन्त्रको स्थिरता, समृद्धि, जवाफदेही बनाउनका लागि, विधिसम्मत ढंगबाट काम गर्ने वातावरण मिलाउन पनि सञ्चार क्षेत्रको भुमिका महत्वपूर्ण छ ।’
सभामुख घिमिरेले प्रजातन्त्रको स्थिरता, समृद्धि, जवाफदेही बनाउनका लागि, विधिसम्मत ढंगबाट काम गर्ने वातावरण मिलाउन पनि सञ्चार क्षेत्रको भुमिका महत्वपूण रहेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संसदबाट तर्किएर हिँडिरहेको छ : सभामुख घिमिरे
पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेका छन् : सभामुख घिमिरे
सभामुख घिमिरे रवि लामिछानेको निलम्बनको विषयमा छलफलमा
पत्रकार र सांसदबिच भएको सहकार्यले लोकतन्त्रलाई बलियो बनाएको छ : सभामुख घिमिरे
शिक्षालाई ठिक ढंगले अगाडि बढाउनुपर्छ : सभामुख घिमिरे
सभामुख–जनमत विवाद बढ्यो, सचिवालयको आपत्ति