स्थानीय तहले लगाएको करबारे नकारात्मक प्रचारप्रसार भइरहेको छ : गाउँपालिका राष्ट्रिय महासंघ

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, १९ : २८
स्थानीय तहले लगाएको करबारे नकारात्मक प्रचारप्रसार भइरहेको छ : गाउँपालिका राष्ट्रिय महासंघ

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहले लगाएको करबारे नकारात्मक प्रचारप्रचार भइरहेको भन्दै यसमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
महासंघले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय तहको कर तथा राजस्व नीतिलाई नकारात्मक प्रचारका आधार बनाइएकाले यसमा महासंघको ध्यानाकर्षण भएको जनाएको छ । विगतका दर र दायराहरुसँग तुलना गर्ने र सत्यतथ्य बाहिर ल्याउन आवश्यक देखिएको उल्लेख गर्दै गाउँपालिकाहरुको आर्थिक ऐन र कर प्रणालीबारे विवरण गर्न थालिएको जनाईएको छ ।

विवरणमा अस्वभाविक रुपमा कर वृद्धि र गरी जनतालाई अप्ठ्यारो महसुस भएको पाए त्यसमा पुनरावलोकन गर्ने महासंघले जनाएको छ । स्थानीय तहको अधिकार क्षेत्रमा रहेका कतिपय करका क्षेत्रहरुमा प्रदेश र संघीय सरकाले अझै पनि असुल गरिरहेको पाइएकाले दोहोरो कर प्रणालीलाई अन्त्य गर्न तीन वटै तहका सरकारबीच आपसी समन्वय र समझदारी गर्नुपर्नेमा जोड दिएको छ ।

केही मिडियाहरुले स्थानीय सरकारको काम कारबाहीलाई लिएर हतोत्साही गर्ने हेतुले नकारात्मक समाचारहरु प्रकाशन तथा प्रशारण गरिरहेको जिकिर गरेको छ । यस्ता अफवाप्रति सचेत रहन महासंघले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस