सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको कार्यालयमा तालाबन्दी

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, १८ : ५६
सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको कार्यालयमा तालाबन्दी

प्रतिकात्मक फोटो

सप्तरी । सप्तरीको रुपनी गाउ“पालिका वडा नम्बर ५ बसबिटीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको ब्यवस्थापन कार्यालयमा उद्योग संचालकहरुले तालाबन्दी गरेका छन् ।
औद्योगिक क्षेत्रको सुधार गर्दैै औद्योगिक क्ष्ँेत्रभित्रका संचालित संचालकहरुले सोमबार तालाबन्दी गरेका हुन् । उनीहरुले व्यवस्थापन समक्ष ६ वु“दे माग पत्र बुझाउ“दै मुल गेटमा धर्नामा समेत बसेका छन् । उनीहरुले उद्योगभित्र नियमित विद्युत आपूर्तिका लागि छुट्टै फिडरको ब्यवस्था गर्नुपर्ने, गत वर्ष बाढीले भत्काएको कम्पाउण्ड वाल तत्काल निर्माण गर्नुपर्ने, सामान्य वर्षामा पनि औद्यौगिक क्षेत्र डुवानमा पर्ने भएकाले पानी निकासको उचित ब्यवस्था गर्नुपर्ने, स्वच्छ पानीका लागि वोरिंगको ब्यवस्था गर्नुपर्ने, औद्योगिक सुरक्षा बल लगायतको माग राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस