लायन्स क्लबहरुको आयोजनामा चितवनमा रक्तदान कार्यक्रम सम्पन्न

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, १८ : ४९
लायन्स क्लबहरुको आयोजनामा चितवनमा रक्तदान कार्यक्रम सम्पन्न

चितवन । लायन्स क्लब अफ चितवन चौतारी लगायत ९ वटा लायन्स क्लबहरुले आज शहिदचोक नारायणगढमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा १३ महिला र ५४ पुरुष गरी कुल ६७ जनाले रक्तदान गरेका थिए ।
मानविय सेवाका धेरै कार्यक्रमगर्ने लायन्स क्लबले रक्तदानकार्यक्रमलाई पनि निरन्तरता दिएकोमा कार्यक्रमका प्रमुख अतिथी रहेका भरतपुर महानगरपालिका ३ का अध्यक्ष चन्द्रमित्र पंण्डितले आयोजकलाई धन्यवाद दिँदै यस्ता कार्यक्रममा वडा कार्यालयले पनि सहयोग गर्ने बताएका थिए । कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३ सय २५ बि टु का पुर्व गर्भनर लायन राजकुमार श्रेष्ठले मानविय सेवाका काममा जुटन उपस्थित लायन्सकर्मीहरुलाई अनुरोध गरेका थिए ।
रक्तदान कार्यक्रम लायन्स क्लब अफ भरतपुर युथ, लायन्स क्लब अफ भरतपुर उज्यालो, लायन्स क्लब अफ चितवन फुलवारी, लायन्स क्लब अफ कृष्णपुर, लायन्स क्लब अफ बैदिकनगर, लायन्स क्लब अफ दिब्यनगर, लायन्स क्लब अफ भरतपुर चौतारी, लायन्स क्लब अफ भरतपुर र लायन्स क्लब अफ चितवन चौतारीको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा शान्ति अस्पताल प्रा.लि.ले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रमापुर्व गर्भनर लायन धनश्याम भट्टराई, चिफ डिष्ट्रिक एडभाईजर रामप्रसाद भट्ट लगायतका लायन्सकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ भरतपुर युथका अध्यक्ष भक्ती राम भुषालको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस