चितवनको भरतपुर रेडिमिक्स एण्ड प्रिकाष्ट कंक्रिट ईन्डष्ट्रिजमा उत्पादन शुरु

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, १८ : ३०
चितवनको भरतपुर रेडिमिक्स एण्ड प्रिकाष्ट कंक्रिट ईन्डष्ट्रिजमा उत्पादन शुरु

चितवन । भौतिक पूर्वाधार निर्माणको बढ्दो क्रमलाई मध्यनजर गर्दै भरतपुर महानगरमा ठुलो परिमाणको कंक्रिट उत्पादन क्षमता सहितको भरतपुर रेडिमिक्स एण्ड प्रिकाष्ट कंक्रिट ईन्डष्ट्रिजले सोमबारबाट उत्पादन शुरु गरेको छ ।
भरतपुर महानगरपालिका ८ गौरीगन्जमा खुलेको सो उद्योगले प्रतिघण्टा ६० घनमिटर कंक्रिट उत्पादन गर्ने ंसञ्चालक सुदीप सिंह अधिकारीले जानकारी दिनुभयो । आवासीय घर, व्यवसायीक ठूला महलहरु, सडक, पुल लगायतमा ढलान गर्न आवश्यक पर्ने कंक्रिट उत्पादन गरी चितवन, हेटौडां, बुटवल र दमौली सम्म सेवा उपलब्ध गराउने लक्ष्य रहेको अधिकारीले बताउनुभयो ।
अर्का सञ्चालक जिवन धितालका अनुसार यस उद्योगबाट उत्पादित कंक्रिट प्रयोग गर्दा गुणस्तरीय ढलान हुनुका साथै उपभोक्ताको समयको समेत बचत हुनेछ । गुणस्तरीय उत्पादनका लागी जर्मनी कम्पनिका अत्याधुनिक मेशिन तथा उपकरणहरु प्रयोग गरिएको धितालले जानकारी दिनुभयो । ३० तला सम्मको ढलानलाई सजिलै कंक्रिट माथि पठाउन सक्ने उद्योगले जनाएको छ । उद्योग सञ्चालनको लागी २५ जना उद्यमीले १५ करोड रुपैयाँ लगानी गरेको जनाइएको छ । झण्डै एक सय जनालाई रोजगारी उपलब्ध गराइएको उद्योगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस