निर्मला बलात्कारपछि हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, १८ : २४
निर्मला बलात्कारपछि हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ

कञ्चनपुर । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।
घटना भएको २५ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरिएको सीआईबीका एक अधिकारीले पुष्टि गरे ।

गत साउन १० गते घरबाट साथीलाई भेट्न हिँडेकी निर्मला महोलिया नजिकैको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिईन् । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस