काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसदमा पेश गरेको शिक्षासम्बन्धि विधेयक सच्याउन आफूहरु लागि परेको बताएका छन् ।सांसद भण्डारीले सरकारले शिक्षा क्षेत्र नै नबुझिकन हतारमा सो विधेयक ल्याएकाले त्यसलाई सच्याउने काममा लाग्नुपरेको जिकिर समेत गरे ।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले आन्दोलनरत पक्षको माग सम्बोधन हुनेगरी सो विधेयक पारित हुने समेत बताए । उनले चिकित्सकहरुमाथि हातहात हुनु अत्यन्तै दुखद् भएको उल्लेख गर्दै त्यस्ता घटना हुन नदिनका लागि कडा कानून बनाउनुपर्ने बताए । उनले शिक्षा क्षेत्रको समस्या समाधानका लागि नयाँ पुस्तालाई सो सेवामा प्रवेश गराउनुको विकल्प नरहेको तर्क समेत गरे ।
पुराना पुस्तालाई अपडेट गर्ने र नयाँलाई प्रवेश गराएर मात्रै मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने सांसद भण्डारीको भनाइ थियो ।उनले भने, ‘अहिले यो विकृतिको सबैभन्दा चरम सीमा जस्तो देखिन्छ । व्यवस्थापनको अकर्मण्यता पनि देखिन्छ । तेस्रो मुलुकको मुलतत्व के हो भन्ने कुरा नबुझेको पनि देखिन्छ क्या। तीन वटा कुराहरु छन । अहिले डाक्टरहरु जुन आन्दोलनमा हुनुहुन्छ । जो मानिसको जीवनसँग जोडिएको छ ।
ती डाक्टरहरुमाथि हातपात हुनुभएको अन्यन्त दुखद् कुरा हो । यसको मतलव के हो ? भने नेपालको कानून कति निरीह छ ? नेपालको कानूनदेखि कोही पनि डराउँदैन। यो विकृतिको, यो बेथितिको अन्त्यका निम्ति कानून बलियो हुनुपर्छ । कानूनले गलत प्रवृत्ति, संस्कार र लोभ लालचदेखि आत्म समर्पण गर्नु हुँदैन । दोस्रो कुरा शिक्षा सम्बन्धि जुन विधेयक आइरहेको छ । यो भनेको केवल शिक्षकको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन होइन । यो सित अभिभावक हुन्छन । यो सित विद्यार्थी हुन्छन । योसित पाठ्यक्रम हुन्छ । यो सित परीक्षा प्रणाली हुन्छ ।
त्यसकारणले सरकारले पेश गर्ने हो । सम्बन्धित निकायसँग कुरा नगरिकन हतारमा पेश गर्यो । अत्यन्तै ठूलो मेच्युरिटीको अभाव । त्यसकारणले टिचरहरुले आन्दोलन गरे । अब नेपालको शिक्षा नबनिकन त नेपाल बन्दैन । शिक्षा र स्वास्थ्य व्यापारीकरण भयो भने त जनताले केही पनि पाउँदैनन् । के गर्ने त ? अव नयाँ शिक्षा नेपालमा प्रवेश गराउनु पर्यो । पुरानो जेनेरेशनलाई अपडेट गर्नुपर्यो । त्यो भन्दा हामीसँग विकल्प छैन ।
त्यसका निम्ति नेतृत्व अलि गम्भिर हुनुपर्यो । सडकमा भाषण गरेजस्तो होइन नि व्यवहारिक कुरा भनेको । सिद्धान्त र व्यवहारमा त फरक छ नि । त्यसकारणले यो भएको हो । यसको समाधान के हो भने अव हामीले शिक्षा ऐन बनाउँदाखेरी पाठ्यक्रम छैन, परीक्षा प्रणाली छैन । विद्यार्थी छैन । शिक्षा क्षेत्र नै नबुझेको व्यक्तिहरुको हातमा गएर आएको शिक्षा विधेयक हो यो । त्यसकारण यसले अरु विकृति निम्त्यायो ।
अव यसको समाधानका निम्ति हामीले २÷३ वटा कुरा गर्नुपर्छ । एक, नयाँ जेनेरेशनलाई प्रवेशश गराउने । पुरानो पुस्तालाई हामीले आर्थिक रुपले राहत दिएर विदा गर्ने । दोस्रो कुरा, पुरानोलाई पनि हामी अप्डेट गराउ । एउटा मोबाईलले, एउटा ल्यापटपले, आईप्याडले पनि अपडेट गर भनेर माग्छ नि । सरकारले अपडेट गर्नुप¥यो । तब मात्रै हुन्छ । कमीकमजोरी धेरै रहेँ । शासन चलाउनेहरुबाट कमीकमजोरी रहेँ ।
अब त्यसलाई करेक्शन गर्नुपर्छ भन्नेमा हामी लागेका छौं । हामीले यो विधेयकबारे बुझ्यौँ । हामीले गम्भिरतापूर्वक जो सडकमा हुनुहुन्छ । वा दिमागमा हुनुहुन्छ । असुरक्षा महशुस गर्नु भएको छ वा विश्वास मानिसहरुमा छैन, त्यो दिलाउने काम हामीले गर्छौं ।’सांसद भण्डारीले जनताको विश्वास जित्नेगरी कानून बनाउने काम आफूहरुले गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १६ : ३७
लेखकबाट थप