हर्स स्पीडमा राष्ट्रिय बाणिज्य बैंक, यस्तो छ अन्य बैंकहरूको वित्तीय अवस्था

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, १७ : ४८
हर्स स्पीडमा राष्ट्रिय बाणिज्य बैंक, यस्तो छ अन्य बैंकहरूको वित्तीय अवस्था

काठमाडाैं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक सुधारको 'हर्स स्पीड' मा देखिएको छ । गत अार्थिक बर्षको वित्तीय विवरण हेर्दा बाणिज्य बैंकले ऋण नै उठाउन नसक्ने अाफ्नो पुरानो अवस्थालार्इ ठीक उल्टो बनाउँदै बैंकिङ क्षेत्रको अब्बल संस्था बनेको देखिएको छ ।

बैंकिङ क्षेत्रमा अाफुलार्इ पहिलो दाबी गर्ने नबिल बैंक समेत यो पटक बाणिज्य बैंकको गतिलार्इ भेट्न विफल देखिएको छ । बाणिज्य बैंकले यो पटक डुबेको ऋण मात्र उठाएको छैन, बरू सर्वाधिक नाफा समेत गरेर अाफुलार्इ बजार विस्तारक सावित गरेको छ ।

अघिल्लो अार्थिक बर्षमा नबिल बैंकले ५ अर्ब ४८ करोड रूपैयाँ नाफा गर्दा बाणिज्य बैंकले ४ अर्ब ५० करोड रूपैयाँ नाफा अार्जन गरेको थियो । गत अार्थिक बर्षमा नबिलले करिब ६ अर्ब २३ करोड रूपैयाँ नाफा गर्दा बाणिज्य बैंकले ६ अर्ब ६८ करोड रूपैयाँ नाफा कमाएको छ ।

यस्तो छ बैंकहरूको स्थिति (निक्षेप, कर्जा प्रवाह, निष्क्रिय कर्जा र प्रतिशेयर अाम्दानीका अाधारमा) :

 

प्रतिक्रिया दिनुहोस