एनआईसी एशिया बैंक र प्राइम लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, १६ : ४७
एनआईसी एशिया बैंक र प्राइम लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईबीच हस्ताक्षर भयो ।

प्रतिक्रिया दिनुहोस