जनकपुर । राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सोमबार नागरिक अभिनन्दन गरिएको हो ।
जनकपुरधामका मेयर मनोज साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र प्रदान गरेका छन् । देश र लोकतन्त्रका लागि पुर्याएको योगदानको कदर गर्दै पौडेललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेकपा एमालेकी नेतृ जुली महतो, कांग्रेस नेता विमलेन्द्र निधि, जनकपुरधामका पूर्व मेयर बजरंगप्रसाद साह लगायतले अभिनन्दन गरेका हुन् ।
राष्ट्रपति पौडेललाई प्रदान गरिएको अभिनन्दन पत्रमा मैथली भाषा प्रयोग गरिएको छ । राष्ट्रपति पौडेललाई भगवान रामसँग तुलना गर्दै अभिनन्दन पत्रमा भनिएको छ, ‘त्रेतायुगमा भगवान राम जनकपुरधाम आएपछि नगरबासी जसरी हर्ष विभोर भएका थिए । त्यस्तै तपाईको आगमनले जनकपुरवासी हर्ष विभोर भएका छन् ।’
यस्तै राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नागरिकता विधेयक प्रमाणीकरण गरी ठूलो समस्या समाधान गरेको भन्दै पौडेलको प्रशंसा समेत गरिएको छ । नागरिक अभिनन्दनका क्रममा राष्ट्रपति पौडेलसमक्ष जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्नका लागि आवश्यक पहल गर्न पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असोज २०८०, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त
स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधित: राष्ट्रपति पौडेल
संसदको हिउँदे अधिवेशन राष्ट्रपतिले गरे अन्त्य
दिगो शान्ति र सुशासनका लागि सरकारको तदारुकता आवश्यक छ : राष्ट्रपति पौडेल