२० राउन्ड गोलीसहित भारतीय सेनाका क्याप्टेन पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०७५, २० : ३०
२० राउन्ड गोलीसहित भारतीय सेनाका क्याप्टेन पक्राउ

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० राउन्ड गोलीसहित  भारतीय सेनाका क्याप्टेन पक्राउ परेका छन् । आइतबार दिउँसो नेपाली मुलका भारतीय सेनामा कार्यरत क्याप्टेन दलबहादुर पुनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा जान लागेका पुनको साथबाट चेकजाँचका क्रममा २० राउन्ड गोली फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले बतायो ।
बुद्ध एयरको विमानमार्फत पोखरा जाँदै गरेका पुनलाई  डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चितवन निवासी पुन हाल काठमाडौंको सामाखुशी बस्दै आएका थिए । पक्राउ परेका पुनबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस