आफुहरुलाई राज्यका विभिन्न अंगमा प्रतिनिधित्व गराउन सरकारसँग तेस्रो लिङ्गीहरुको माग

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०७५, १९ : ४०
आफुहरुलाई राज्यका विभिन्न अंगमा प्रतिनिधित्व गराउन सरकारसँग तेस्रो लिङ्गीहरुको माग

काठमाडौँ । सरकारले तस्रो लिङगीलाइ विभेद गरेको तेस्रो लिङ्गीहरुले आरोप लगाएका छन् । संविधानमा रहेको अधिकारलाई पनि सरकारले पालना नगरेको उनीहरुले बताएका हुन ।
सरकारले आफुहरुलाई नागरिकता नदिएकाले आफुहरु मर्कामा परेको तेस्रो लिङ्गी शील्पा चौधरीको भनाइ छ । चौधरीले समाजमा आफुहरुलाई पनि मानव भएर जिउने अधिकार भएकाले आफ्ना अधिकार कुन्ठीत नगरि दिन सरकारसँग आग्रह गरिन् ।

विश्वका अन्य देशहरुमा तेस्रो लिङ्गी मानिसहरुलाई नागरिकता लगायतका सेवा र सुविधा दिएपनि नेपाल सरकारले मात्र आफ्नो अधिकारमा तलमाथि गर्न खोजेको उनको भनाइ छ  । .
सरकारले समावेशीतालाई अगाडि बढाएको हो भने आफुहरुको समुदायलाई किन राज्यका विभिन्न अंगमा प्रतिनिधित्व नगराएको भन्दै राज्यले आफुहरुको समुदायको प्रतिनिधित्वलाई ध्यान दिनु पर्ने बताइन  ।

 

प्रतिक्रिया दिनुहोस