जुन पतिले राजदूत बनाए त्यहि पतिलाई डिभोर्स दिईन यी पत्नीले

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०७५, १९ : २८
जुन पतिले राजदूत बनाए त्यहि पतिलाई डिभोर्स दिईन यी पत्नीले

काठमाडौं  । पतिले उच्च शिक्षा दिलाएर पत्नीलाई राजदूतको ओहोदासम्म पुऱ्याउन सहयोग गर्छन् । हाइट बढेपछि पत्नीले पतिलाई सडकको बास गराउँछिन् । त्यस्ता पत्नीलाई के भन्ने ?

नेपालका लागि पाकिस्तानमा राजदूत रहेकी सेवा अधिकारी लम्सालको व्यवहारले यस्तै प्रश्न खडा गरेको छ । लम्सालले राजदूत बनिसकेपछि उमेर ढल्किसकेका पति प्रदीप अधिकारीलाई परित्याग गरेकी छिन् । उनले शक्तिको आडमा सबै सम्पत्ति हत्याएर पतिलाई सडकको बास गराइदिएकी छिन् ।

आफूले जीवनभर दुःख गरेर काठमाडौंको तीनकुनेको गैरीगाउँमा बनाएको घर पत्नीले कब्जा जमाएकी छिन् । इटहरीको मूल्यवान जमिन र बैंकमा सञ्चित गरिएको सम्पूर्ण रकम पत्नीबाट खोसिएपछि प्रदीप अधिकारी यतिबेला मीनभवनस्थित आफन्तको घरमा शरण लिइरहेका छन् ।

तीन छोरीका पिता अधिकारी पहिले गृह मन्त्रालयमा जागिरे थिए । गृहबाट उद्योग मन्त्रालयमा सरुवा गरिएका उनी कम्पनी रजिस्ट्रारको कार्यालयमा सेवारत थिए । त्यहीँ सेवारत रहँदा अधिकारी सेवामुक्त भएका हुन् ।

निजामती सेवामा रहँदा कृषि विकास बैंकको चौथो तहमा जागिरे रहेकी पत्नी सेवा लम्साललाई आफैँले उच्च शिक्षा दिलाएर निजामती सेवामा प्रवेश गर्न प्रदीपले सहयोग गरेका थिए ।

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेकी लम्सालले दुई वर्षअघि राजदूत नियुक्त हुनुभन्दा केही समयअघिदेखि नै पतिसँग विभिन्न निहुँ झिकेर झगडा गर्न थालेकी थिइन् । पतिले जागिर गुमाएपछि फरक व्यवहार गर्न शुरु गरेकी उनले आफ्नो ओहोदा बढ्दै गएपछि शयन कक्षसमेत पतिसँग अलग गरेको पीडित पतिको भनाइ छ ।

राजदूत नियुक्त भएपछि सेवामा परिवर्तन देखापरेको थियो । यसै क्रममा बुढेसकालका पतिलाई गत असार २० गते उनले कानूनी तवरमै छोडिदिएकी छिन् ।

पतिसँग सम्बन्धविच्छेद गरिदिँदा सेवाले प्रदीप अधिकारी पनि बाँच्न पाउनुपर्छ भन्ने सोचिनन् । घर, जग्गा र सम्पूर्ण नगद आफैँसँग राखेर उनले पतिलाई घरबाट निकालिदिइन् ।

सँगै जिउने, सँगै मर्ने वाचा गरेकी पत्नीले ठूलो ओहोदा भेट्टाएपछि यतिसम्म गर्लिन् भन्ने सपनामा पनि नसोचेका प्रदीप अधिकारीसँग यतिबेला वास बस्नका लागि घर छैन ।

खेतीपाती गर्नका निम्ति जग्गाजमिन पनि छैन । जागिर खानका लागि उमेर र अन्य केही काम गर्नका निम्ति जाँगर पनि छैन । यसरी रित्याइएका प्रदीपले बाँकी जिन्दगी कसरी गुजार्ने हुन्, चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस