हेटौंडाका विभिन्न स्थानमा एक्सपर्ट एजुकेशनको ट्राफिक सचेतना मुलक बोर्ड

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०७५, १८ : २६
हेटौंडाका विभिन्न स्थानमा एक्सपर्ट एजुकेशनको ट्राफिक सचेतना मुलक बोर्ड

चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडाले ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतना मुलक बोर्ड प्रदान गरेका गरेको छ ।

आईतबार एक कार्यक्रमकाबीच एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडाका निर्देशक डिल्लीराम अधिकारीले प्रहरी सहायक निरीक्षक सन्तोष पोखरेललाई ट्राफिक सचेतना मुलक बोर्ड हस्तान्तरण गर्नु भएको हो ।

हस्तान्तरीत ट्राफिक सचेतना मुलक बोड करिव दुई लाख रुपैयाँ बराबरको लागतमा बनाइएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडाले जानकारी दिएको छ । सो बोर्ड हेटौंडा बजारका विभिन्न स्थानहरुमा राखिने छ । यसले बढ्दो दुर्घटनालाई न्यूनीकरण हुनेमा एक्सपर्टले विश्वास लिएको छ । आगामि दिनहरुमा पनि हेटौंडामा सामाजिक उत्तरदायित्व बहन गर्दै अन्य विभिन्न सहयोगात्मक कार्यक्रमहरु आयोजना गर्ने एक्सपर्टले बताएको छ ।

अष्ट्रेलियामा मूख्य कार्यालय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले विद्यार्थीहरुलाई परामर्श दिनुका साथै यस्तै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस