आइएमई लाइफको व्यवसायिक कारोवार दोस्रो वर्षमा प्रवेश

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०७५, १८ : ००
आइएमई लाइफको  व्यवसायिक कारोवार दोस्रो वर्षमा प्रवेश

काठमाडौ । आइएमई लाइफइन्स्योरेन्स कम्पनीको व्यवसायिक कारोवार सञ्चालन भएको एक वर्ष पुरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव मनाएको छ ।
उक्त कार्यक्रममा सम्वोधन गर्नु हँुदै कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पधातर््मक उपस्थिति जनाएको बताउनु भएको छ । चालु आ.व. २०७५/७६ मा समेत उल्लेख्य शाखा विस्तार गरी सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पु¥याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने र जीवन बीमा व्यवसायमा महत्वपुर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक विविध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराउनुभयो ।

त्यसै गरी कम्पनीले आगामि दिनमा सबैको लागि पहँुच हुने, लाभदायक तथा नवतिम् थप बीमा योजनाहरु ल्याइने जनाएको छ । कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुण्सार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्यआवश्यक प्र्र्िरकयाहरु पुरा गरी सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताएको छ ।

कम्पनी सञ्चालन भएको १ वर्ष भित्रनै कम्पनीको सुखद् एवम् सफलतामा सहयोग पु¥याउने नियमनकारी निकाय बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पुर्ण निकायहरु, सञ्चालक समितिका सदस्यहरु, सस्थापक शेयर धनी महानुभावहरु, कर्मचारीहरु, अभिकर्ताहरुप्रति कम्पनीले हार्दिक धन्यवाद एवम् कृतज्ञता ज्ञापन गरेको छ ।
व्यवसाय  सुचारु भएको प्रथम वर्षमा नै कम्पनीले देशका सातै प्रदेशका विभिन्न ५० स्थानमा शाखा कार्यालयहरु स्थापना गरी बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले यस आर्थिाक बर्ष २०७५÷७६ मा समेत ४५ शाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवामा गुणात्मक देन दिने योजना तर्जुमा गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७४÷७५ मा रु. ५३.५० करोड बीमा शुल्क संकलन गर्न सफल भएको थियो ।

थप जानकारीका लागि क्लिक यहाँ गर्नुहोस http://imegroup.com.np/?p=2420

 

प्रतिक्रिया दिनुहोस