भरतपुर महानगरको करको विषयमा पूर्ण समर्थन : उद्योग वाणिज्य संघ–चितवन

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०७५, १० : ५२
भरतपुर महानगरको करको विषयमा पूर्ण समर्थन : उद्योग वाणिज्य संघ–चितवन

चितवन । उद्योग वाणिज्य संघ–चितवनले भरतपुर महानगरपालिकाले लगाएको करको विषयमा पूर्ण समर्थन जनाएको छ । भरतपुर महानगरले लगाएरको कर वैज्ञानिक भएका कारणले समर्थन गरेको उद्योग वाणिज्य संघ चितवनले जनाएको छ ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले भरतपुर महानगरले लगाएको व्यावसायिक करको विषयमा पूर्ण समर्थन रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘पहिला व्यावसायिक कर बैज्ञानिक थिएन, पछिल्लो समय महानगरले करको वर्गीकरण वैज्ञानिक तरिकाले गरेपछि सम्पूर्ण वस्तुगत व्यवसायीहरुले व्यावसायिक करको समर्थन गरेका हुन् । उद्योग वाणिज्य संघ चितवन व्यवासायीहरुको छाता संगठन हो । यसमा ३० वटा वस्तुगत संघ अटाएका छन् ।
‘३० वटा वस्तुगत संघको सल्लाह सुझाव अनुसार भरतपुर महानगरले करलाई वैज्ञानिक तरिकाले निर्धारण गरेको हुनाले यसमा अटाएका सम्पूर्ण व्यवसायीहरुले व्यावसायिक करको समर्थन गरेका हुन्’ अध्यक्ष सहन प्रधानले भन्नुभयो, ‘व्यावसायीहरुकै सल्लाह र सुझाव अनुसार व्यावसायी कर निर्धारण गरेपछि यसको समर्थन गरेर विज्ञप्ति जारी गरेका हौँ ।’
उनका अनुसार भरतपुर महानगरको पहिलाको भन्दा कर पछिल्लो समय व्यवसायीहरुको सुझाव अनुसार बैज्ञानिक बनेको छ । अन्य करको विषयमा पनि महानगरसँग छलफल भइरहेको अध्यक्ष प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यावसायी करको विषयमा हाम्रो समर्थन छ, अन्य करको विषयमा अध्ययन भइरहेको छ । जहाँसम्म लाग्छ, यसमा पनि व्यवसायीहरुकै सहमति अनुसार टुङ्गो लाग्ने विश्वास गरेका छौँ ।’

उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले महानगरको व्यावसायी करको विषयमा उवासंघ चितवनको समर्थन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रै सहमतिअनुसार नै महानगरले कर लिएको हुनाले यसमा हाम्रो कुनै असहमति छैन ।’ व्यवसायी कर धेरै सहज भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘व्यवासायी करमा हाम्रो कुनै बिमति छैन, मेरो सुझाव महानगरले अब चार किल्ला प्रमाणितको कर पनि तर्न नपर्ने बनाउनुपर्छ ।’ दोहोरो कर र अन्य करको विषयमा महानगरसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस