कमिसनको ठूलो चलखेल : निगमले खरिद गरेको जहाज उडाउन ढिलाइ

सफल खबर संवाददाता

आइतबार, ०३ भदौ २०७५, १० : ३९
कमिसनको ठूलो चलखेल : निगमले खरिद गरेको जहाज उडाउन ढिलाइ

काठमाडौं ।  नेपालवायु सेवा निगमले खरिद गरेर ल्याएको दोस्रो बाइड बडी जहाज उडाने अनुमति दिन ढिलाइ भएको छ । त्यसको पछाडिको कारण भने जहाज खरिदबाट प्राप्त भएको कमिसन नै भएको बताइन्छ । रु २४ अर्बमा खरिद गरिएको जहाजको वैधानिक कमिसन नै रु दुई अर्ब २४ करोड हुनेछ । सो कसिमन हस्ताक्षर गर्ने जति सबैले पाउनुपर्ने दावी मन्त्री रविन्द्र अधिकारी, सचिव कृष्णप्रसाद देवकोटा, निगमका महाप्रन्बधक सुगत रत्नकसांकार, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलगायतले गरेका छन् ।

कमिसननपाई किन अनुमति दिने भन्दै प्राधिकरणका कर्मचारीले फाइल लुकाएर राखेका छन् । केहीदिन पहिले यति एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पाले थाइलाइन कम्पनीको जहाजको उडान तथा अवतरणको अनुमति दिइएको थियो । तत्काल निगमको जहाजलाई उडान अनुमति नदिन उनै शेर्पा समेत लागिपरेको बताइन्छ ।
पर्यटन मन्त्रालयलाई नजिकबाट जान्ने बुझनेहरुकाअनुसार मन्त्रालय रविन्द्र अधिकारीले चलाएका छन् कि आङछिरिङले भन्नेमा नै भेऊ पाउन सकेका छैनन् । नेपालको हवाई क्षेत्रलाई माथि उठ्न नदिने धमिरा पालेर बसेपछि यस्तै हुँदो रहेछ भन्दै उनीहरुले निगमको दुई वटा वाइड बडीजहाजको हालत के हुने होला भनेर चिन्ता व्यक्त गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमतिदिन ढिलाइ गरेका कारण मकालु नाम दिइएएको दोस्रो बाइडबडी जहाज उडान र आवश्यक प्राविधिक तयारी गर्न समेत थप समय लाग्ने देखिएको छ । मन्त्रीअधिकारी समेत निगमले उडान अनुमति पाओस् वा नपाओस केही मतलब भएन कमिसन भने पाउनु प¥यो भन्दै बसेको स्रोतको दावी छ ।
निगमका एक अधिकारीकाअनुसार सबै कागजात प्राधिकरणलाई बुझाइएको छ । तर किन अनुमति दिन ढिलाई भएको हो, सो बारेमा केही जानकारी पाउन सकिएको छैन । यही साउन १० गते काठमाडौँ आइपुगेको सो जहाजको अनमुति तीन सातामा पाइने र त्यसका लागि आवश्यक सबै प्रक्रिया सुरु भएको निगमका महाप्रबन्धक सुगत रत्नकसांकारले सोहीदिन नै बताएका थिए । तर प्राधिकरणले जहाजआएको १५ दिन भइसक्दा समेत आवश्यक प्रक्रिया नै सुरु गरेको छैन ।
अनुमति दिन प्राधिकरण हिच्कीचाइरहेको छ, खै किन  हो , हामीले केही बुझ्न सकेका छैनौ । त्यसो त उडान अनुमति मात्रै नभई जहाजको थप कागजात मागेर समेत हैरान गरिरहेको निगमको भनाइ छ ।
सरकारी निकायबीच नै समन्वयननभए जसरी सरकारको अर्को निकायले दुःख दिने नियत राखेको निगमका ती अधिकारीले जानकारी दिए । आक्रामक रुपमा बजार विस्तार गर्ने र वायु सेवा उद्योगमा फरक पहिचान बनाउने लक्ष्यका साथ खरिद गरिएको वाइड बडीजहाजलाई सहज रुपमा नै अनुमति दिइनुपर्नेमा प्राधिकरणले मतलब नराखेको र विदेशी विमान कम्पनीलाई भन्दा बढी हेला गरेको निगमको दावी छ ।
तीन साता भित्र उडानअनुमति (एओसी) लिएर पूरानै गन्तव्यमा जहाज उडाउने र क्रमशःगन्तव्य विस्तार गर्दै जाने योजनामा प्राधिकरण रहेको छ । प्राधिकरणले भने निगमलाई उपलब्ध गराउन भनिएको कुनै पनि कागजात आफूलाई नदिएका कारण अनुमति पत्रदिन केही समय लागेको दावी गरेको छ ।

सबै कागजात त हेर्नु पर्यो नी, त्यत्तिकै कागत नै नहेरी अनमुति दिने भन्ने हुँदैन, अनुमति दिने महाशाखाका एक अधिकृतले भने  ‘केही थप कागजात मागेका छौ, हेरौ निगमले कहिले उपलब्ध गराउँछ सोही आधारमा निर्णय हुन्छ ।  महाप्रबन्धक कसांकारले तीन साताभित्र कुन आधारमा कसरी अनुमतिपत्र लिइन्छ भन्नुभयो, त्यो उहाँले नै जान्ने कुरा भएको भन्दै प्राधिकरणले सबै प्रक्रिया पूरा गरेर आएको खण्डमामात्रै अनुमतिदिन सकिने स्पष्ट पारेको छ ।
त्यसो त निगमका जहाज उडाउने पाइलटको समेत अभाव देखिएको छ । केहीदिन पहिले प्राविधिक कर्मचारी र इन्जिनियर बिना नै जहाज उडाएको भन्दै नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले निगमको जहाजलाई आठ घण्टा राखिदिएको थियो । चालक, प्राविधिक कर्मचारी र इन्जिनियरको समेत चरम अभाव देखिएको छ । प्राधिकरणले सो विषयमा समेत निगमलाई ध्यानाकर्षण गराएको छ ।
वाइडबडी जहाजमा चालकदलका सदस्यसहित चार जना इन्जिनियर अनिवार्य रुपमा रहनु पर्दछ । त्यसो नहुँदा समेत कम्तीमा दुई जना इन्जिनियर त अनिवार्य नै रहनु पर्दछ । सो विषयमा आवश्यक व्यवस्थापन गर्न निगम चुकेको भन्दै आलोचना भएको छ ।

निगमले भने कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा यस्तो नहुने वचन दिएको विमानस्थल प्रशासनले जनाएको छ । ठूलो जहाज भएकाले सामान्य प्राविधिक समस्या तथा कुनै पनि गुनासो आउन नदिन निगम सचेत हुनै पर्ने भन्दै प्राधिकरणको सेफ्टी इकाईले ध्यानकर्षण गराएको छ ।
निगमका महाप्रबन्धक कसांकारले सो विषयमा आवश्यक छानबिन गर्न निगमका सम्वद्धनिकायलाई आवश्यक निर्देशन दिइसकेको बताइएका छन् । उता निगमले दोस्रो वाइड बडीजहाज कुन गन्तव्यबाट उडान सुरु गर्ने भन्ने विषयमा व्यवसायिक कार्ययोजना समेत हालसम्म बनाउन सकेको छैन । जसका कारण पनि अनुमति लिनमा केही ढिलाई हुनपुगेको हो ।

कुन रुटमा कसरी र कुन समय उडाउने भन्ने विषयमा स्पष्ट कार्ययोजना र व्यवसायिक लक्ष्य समेत तय गर्नु पर्दछ । हाल सम्मती कुनै पनि कार्यायोजना तयार हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस