प्रदूषण मापदण्ड नै नभएको मोटरसइकल नेपालमा

पत्रपत्रिकाबाट

आइतबार, ०३ भदौ २०७५, ०८ : ५०
प्रदूषण मापदण्ड नै नभएको मोटरसइकल नेपालमा

काठमाडौं । मुलुकमा सवारीसाधन आयात गर्दा नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ (यूरो थ्री समानस्तर) पूरा गरेको हुनुपर्ने प्रावधान छ ।

तर बंगलादेशको मोटरसाइकल 'रनर'को भने कुनै प्रदूषणस्तर नै नभएको खुलेको छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

बंगलादेश सरकारले हालसम्म प्रदूषण मापदण्ड नै कायम नगरेकाले यसको गुणस्तरका सम्बन्धमा प्रश्न उठेको हो ।

प्रदूषण मापदण्ड नै नभएको देशमा बनेको मोटरसाइकल यूरो थ्री स्तरको मापदण्ड लागू भएको नेपालमा भित्र्याइ बिक्री गरेको तथ्य फेला परेको छ ।

भरतबाट आयात हुने सवारीसाधनले बीएस थ्री (यूरो थ्रीसरह) प्रमाणित सर्टिफिकेट बुझाएपछि यातायात व्यवस्था विभागले प्रदूषणस्तर ठिक छ भनेर आयातको अनुमति दिन्छ ।

तर बंगलादेशमा उत्पादित रनर मोटरसाइकल कम्पनीले आफ्नै स्ट्याण्डर्ड बुझाएकै भरमा यूरो थ्री सरह छ भनेर आयात अनुमति पाएको छ ।

सवारीसाधनको प्रदूषणस्तर स्तरोन्नति गरी यूरो फोर लागू गर्ने तयारी भइरहेका बेला यस्तो तथ्य बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस