खेलकुद

एसिया कप क्रिकेटका लागि नेपाली टिमको घोषणा (विवरणसहित)

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०७५, १६ : १२
एसिया कप क्रिकेटका लागि नेपाली टिमको घोषणा (विवरणसहित)

फाईल फोटो

काठमाडौं : एसिया कपका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा भएको छ । टिममा विनोद भण्डारी र सागर पुनले कमब्याक गरेका छन् । अरु १३ खेलाडी भने नेदरल्याण्डसँग एक दिवसीय सिरिज खेल्दाका खेलाडी नै रहेका छन् ।
नेदरल्याण्डसँग एक दिवसीय खेल्दा शक्ति गौचन र शरद भेषवाकर पनि टीममा थिए । तर, शक्तिले सन्यास लिइसके भने शरद चोटग्रस्त छन् ।
नेपाली टोली पारस खड्काको कप्तानीमा मैदानमा उत्रिनेछ । टिममा पारससँगै ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी रहेका छन् । त्यस्तै सन्दीप लामिछाने, करण केसी, ललित सिंह भण्डारी, अनिल कुमार शाह, ललित नारायण राजबंशी, सागर पुन, आरिफ शेख र रोहित कुमार पौडेल छन् । वैकल्पिक खेलाडीमा सुशन भारी, किशोर महतो, प्रदिप ऐरी र सुनिल धमला राखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस