काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सुरु गरेको अभियान क्रममा हालसम्म करिब छ हजारभन्दा बढी वडामा नेता कार्यकर्ता पुगेका छन् ।
तीन महिनासम्म चल्ने जनतासँग माओबादी विशेष रूपान्तरण अभियान क्रममा देशभरका छ हजार ७४३ मध्ये छ हजार ३४२ बडामा अहिले माओबाटोको अभियान चलिरहेको छ ।
४०१ बडामा भने अभियान सुरु हुन सकेको छैन ।प्रधानमन्त्री एवं माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत भदौ १६ गते छ हजार ७४३ बडाको अभियान एकै पटक उद्घाटन गरेका थिए।
अभियान उद्घाटनपछि ७५३ स्थानीय तहका सबै वडाले आआफ्नो अनुकूलमा अभियान सुरु गर्ने कार्यतालिका बनाएका थिए। कोशी, मधेरा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका ४०१ बडामा अभियान उद्घाटन हुन नसकेको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २५ भदौ २०८०, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीन
माओवादीद्वारा यी ८ बुँदे सर्कुलर जारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत
तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव