सुनसरी गोली प्रकरण : २ आरोपित पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०८२, १३ : ४६
सुनसरी गोली प्रकरण : २ आरोपित पक्राउ

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई जनालाई गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी स्रोतकाअनुसार पक्राउ पर्नेहरूमा देवानगञ्ज–१ का २७ वर्षीय रवीनकुमार यादव र सोही ठाउँका २१ वर्षकै पिन्टु यादव छन् । उनीहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।यता कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले घटनाको अनुसन्धान भइरहेको बताउँदै आरोपितहरूको पहिचान भइरहेको बताएका छन् ।

गोली प्रहार गर्नेहरूको पहिचान भइसकेको छ । ५/६ जनाको समूहको संलग्न देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौं,’ डीआईजी अधिकारीले  भने । गोली प्रहार घटनामा प्रयोग भएको मोटरसाइकल र गाडी समेत नियन्त्रणमा लिइएको अधिकारीले बताए ।

सोमबार साँझ गोली प्रहारबाट देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता र पिन्टु मेहता घाइते भएका थिए । सोमबार साँझ मोटरसाइकलमा यात्रा गरिरहेका बेला शिवकुमार र पिन्टुमाथि देवानगञ्ज बजारमा गोली प्रहार भएको थियो ।

शिवकुमारको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको थियो । सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले सोमबार साँझको घटनामा तीन जना घाइते भएका छन् । उनका अनुसार दुई जनालाई गोली लागेको हो भने एकजना लडेर घाइते भएका हुन् ।

देवानगञ्ज सुनसरीस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्छ ।

प्रतिक्रिया दिनुहोस