सुर्खेत । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा गर्वमा साथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गरेका छन् ।
सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने,‘ भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भनेर हामीले भनाई नै स्थापित गरिसकेका छौँ ।’ लिङ्देनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदमप्रति राप्रपाको समर्थन रहेको बताए । यद्यपि आदेश दिने, बाहिर देखाउनका लागि मात्र गर्नु नहुने उनको भनाइ छ ।
‘सरकारलाई स्याबासी नै दिनुपर्ने अवस्था आएको छैन,’ उनले भने,‘ बरु सरकारले जरैदेखि उखेल्छ भने सरकारलाई राप्रपाले समर्थन मात्र होइन सरकारलाई अफ्ठेरो पर्दा समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्छ।’
साथै कोशी प्रदेशको सरकार निर्माणको विषयलाई लिएर राप्रपाले बार्गेनिङ गरिरहेको विषयमा सत्यता नरहेको उनले स्पष्ट पारे । एक दुई थान मन्त्रीका लागि राप्रपाले बार्गेनिङ नगर्ने उनको भनाइ थियो ।
पार्टीको प्रशिक्षण कार्यक्रममा लागि लिंदेनसहित नेतृ कुन्ती शाही, ध्रुव प्रधान लगायतका नेताहरू सुर्खेत आएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठूला दलहरूले मधेशलाई भोट बटुल्ने माध्यम मात्रै बनाए : राजेन्द्र लिङ्देन
बीआरआई अन्तर्गत सहुलियतपूर्ण ऋण लिन सकिन्छ भन्नु एमसीसीको व्याख्यात्मक टिप्पणी : राजेन्द्र लिङ्देन
सुदुरपश्चिम यात्रामा राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनको प्रश्न- राप्रपा बाहेक भ्रष्टाचारको विरोधी पार्टी कुन छ ?
विपदको क्षति न्युन गर्न सरकार चुक्यो : राजेन्द्र लिङ्देन
विपत्तिको क्षति न्यून गर्न सरकार चुक्यो : लिङ्देन