भारतीय प्रधानमन्त्री मोदी केरलाको बाढी निरीक्षणमा

एजेन्सी

शुक्रबार, ०१ भदौ २०७५, १६ : ०७
भारतीय प्रधानमन्त्री  मोदी केरलाको बाढी निरीक्षणमा

नयाँ दिल्ली  । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार केरला राज्यमा आएको बाढीको अवस्था बुझ्न त्यसतर्फ जान लाग्नु भएको छ ।

केरलाका मुख्यमन्त्री पिनारायी भिजायनसँग बाढीको अवस्थाको विषयमा टेलिफोन वार्ता भएको र आफू केरलातर्फ जाने प्रधानमन्त्री मोदीले बिहीबार गर्नु भएको ट्वीटमा जानकारी दिनु भएको छ ।

केरलाका १३ ओटा जिल्ला अझै पनि खतराको स्थितिमा रहेको अधिकारीहरुले जनाएका छन् । केरलाका केही जिल्लामा परेको अबिरल वर्षापछिको बाढी र पहिरोको कारण कम्तीमा ९४ जनाको मृत्यु भइसकेको छ ।

केरलाको बाढी पहिरो प्रभावित क्षेत्रबाट पछिल्लो समय ९२६ व्यक्तिलाई सुुरक्षित स्थानमा सारिएको राष्ट्रिप प्रकोप व्यवस्थापन केन्द्र (एनसीएमसी) ले जानकारी दिएको छ ।

उद्धार कार्यका लागि सैनिक, नौसेना, तटीय गार्डलगायत थप मानवीय शक्ति र हेलिकोप्टरको पनि बन्दोबस्त गरिएको एनसीएमसिले जानकारी दिएको छ । (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस